सवारी ज्यान मुद्दाका अभियुक्त पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का पन्चुराम कुम्हारलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको हो । कुम्हारलाई जिल्ला अदालतले २०७५ असार २६ गते एक वर्ष ११ महिना चार दिन कैदको फैसला गरेको थियो ।