नेकपा एस बाँकेको अध्यक्षमा थापा
नेपालगञ्ज – इन्द्रबहादुर थापाको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले तीन सय एक सदस्यीय बाँके जिल्ला कमिटि बनाएको छ ।
पार्टीको उपाध्यक्षमा समसुद्दिन सिद्धिकी र भीमप्रसाद देवकोटा, सचिवमा दीपक जीएम, उपसचिवमा किशोर थापा, भगवती अधिकारी र कप्तान पाठक, कार्यालय सचिवमा लक्ष्मण गौतमलाई चयन गरिएको छ ।
जिल्ला समन्वय समिति, बाँकेको सभाहलमा भएको प्रथम बैठक तथा शपथ ग्रहण कार्यक्रममा नेताहरु दलबहादुर सुनार, अशोक कोइराला, तुलसा थापा, होमनाथ सापकोटा, लालबहादुर खत्री, पदम अर्याललगायत नेताको उपस्थिति रहेको थियो ।