धम्बोझीमा स्वचालित शौचालय

नेपालगञ्ज – नेपालगञ्जको धम्बोझीमा अत्याधुनिक स्वचालित शौचालय सञ्चालनमा ल्याइएको छ ।
संगीतमय स्वचालित शौचालयको उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनु मात्रै उपलब्धी नभएको भन्दै यसको सही सदुपयोगमा जोड दिनुभयो ।
शौचालयलाई सफा राख्नु आफैमा चुनौतीपूर्ण हुने भन्दै प्रमुख राणाले सबैको साथ आवश्यक भएको बताउनुभयो ।


नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण ईञ्जिनियर प्रकाश डिसीका अनुसार, एसएनभी नेदरल्याण्ड विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत ४६ लाख ३६ हजार रुपैयाको लागतमा स्वचालित शौचालय निर्माण गरिएको हो ।


नेदरल्याण्ड विकास नियोगले ८१ लाख १६ हजार रुपैयामा निर्माण गरेका तीनवटा सुलभ शौचालय नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।
शौचालय उद्घाटनमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल, सुशासन समितिका संयोजक नरबहादुर विष्टलगायत उपस्थित हुनुहुन्थ्यो ।


error: यो सुविधा उपलब्ध छैन !