दूध बोकेर सररर नेपालगञ्ज
नेपालगञ्ज – डुडुवाका राजेश यादव विहान साइकलमा दूध राखेर नेपालगञ्ज आउँछन् । नेपालगञ्जका एक दर्जन घरमा दूध पु¥याएर उनी घर फर्किन्छन् । विहान उठेर भैसीलाई कुडो–पानी दिने, दूध दुहुने र साइकलमा राखेर नेपालगञ्ज ल्याएर महिनावारी ग्राहकलाई दूध दिएर फर्किनु उनको दैनिकी नै हो ।
डुडुवा नेपालगञ्जसँग जोडिएको पालिका हो । यहाँबाट राजेशजस्ता सयौं किसान विहान दूध बोकेर नेपालगञ्ज आउँछन् र बेचेर फर्किन्छन् । डुडुवाबाट विहान नेपालगञ्ज आउने र फर्किने किसानको बाटोमा लाइन नै देखिन्छ । किसानले साइकल र मोटरसाइकलमा राखेर दूध ल्याउने गर्दछन् ।
नेपालगञ्ज शहर डुडुवाका किसानले ल्याएको दूधमा निर्भर रहेको छ । सीमावर्ती शहर भएकाले यहाँ भारतीय किसानले पनि दूध ल्याउने गर्दछन् । यद्यपि, नेपालगञ्जमा ठूलो मात्रामा दूध डुडुवाबाट नै आउने गर्दछ । डुडुवाबाट महिनावारी ठेक्कामा घरघरमा पुगेर दिने भन्दा डेरीमा एकमुष्ट दिने किसानको संख्या धेरै रहेको छ ।
डुडुवामा एक सय २० वटासम्म भैसी पालेका किसान छन् । हल्कारापुरका रामसुहावन यादवले एक सय २० वटा भैसी पालेका छन् । उनले दैनिक तीन सय लिटर दूध नेपालगञ्ज र कोहलपुरसम्म पु¥याउँछन् ।
डुडुवामा दश हजार घरधुरीमध्ये ८ हजार ७ सय ८६ घरधुरीले पशुपालन गरिरहेका छन् । यादव समुदायको बाक्लो बसोबास रहेकाले डुडुवामा भैसीपालन बढी रहेको छ । डुडुवा गाउँपालिकाका पशु शाखा प्रमुख सुशीलकुमार शर्माले डुडुवामा २६ हजार बढी गाई÷भैसी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार, डुडुवाका किसानले ६ वटा डेरीमार्फत महिनामा १८ लाख लिटर दूध बेच्ने गर्दछन् । फुटकर बेच्नेको रेडर्क नै छैन ।
गाउँपालिकाले ‘घर–घरमा पशु स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन गरेको छ । यो भनेको किसानले पालेका पशु विरामी भएमा पालिकाका प्राविधिकले घरमै पुगेर उपचार गरिदिन्छन् । ‘मेरो पशु विरामी छ भनेर कसैले फोन ग¥यो भने हामी तुरुन्तै घरमा पुगेर उपचार गरिदिन्छौं, पशु शाखाका प्रमुख शर्माले भन्नुभयो, हामीले नौ जना प्राविधिक खटाएर यो सेवा दिइरहेका छौ । यो कार्यक्रमबाट किसान लाभान्वित भएका छन् ।’
बाँकेलाई दूध र अण्डामा आत्मनिर्भर गराइदैछ । नेपालगञ्जमा अझै पनि ठूलो मात्रामा भारतबाट गुणस्तरहीन दूध भित्रिने गर्दछ । नेपालगञ्ज भित्रिने त्यस्ता दूधको गुणस्तर जाँच हुने गरेको छैन । नेपालगञ्ज नाकाका क्वारेन्टाइन भएपनि त्यहाँ जाँच हुँदैन । भारतीय किसानले निर्वाध रुपमा दूध ल्याउने गर्दछन् । डुडुवा होस् वा भारतबाट किसानले ल्याउने दूधको गुणस्तर जाँच हुन जरुरी रहेको छ । डेरीमा पुग्ने दूधको गुणस्तर जाँच हुन्छ । घरघरमा ल्याउने दूधको गुणस्तर जाँच हुँदैन । कतिपय किसानले बीच बाटोमा पानी मिसाइरहेको देखिन्छ ।
नेपालगञ्ज ठूलो बजार रहेकाले यहाँ डुडुवा, भारत, राप्तीपारीका गाउँबाट दूध आउने गर्दछ । राप्तीपारीबाट कतिपय नेपाली किसानले भारतमा दूध पु¥याउँछन् । भारतबाट पनि दूध भित्रिन्छ । मात्रा हेर्दा भारतबाट भित्रिने बढी रहने गर्दछ । यद्यपि, यहाँका अधिकारीहरुले बाँके जिल्ला दूधमा आत्मनिर्भर रहेको दावी गर्छन् ।