२३ जनालाई कोरोना
नेपालगञ्ज – बाँकेमा २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्लाका तीन वटा ल्याबमा ९६ जनाको परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको हो । २३ जनामध्ये ११ जना बाँके जिल्ला निवासी रहेका छन् ।
भेरी अस्पतालमा ५४ जनाको परीक्षण गर्दा १५ जना र कोहलपुर मेडिकल कलेजमा ३० जनाको परीक्षण गर्दा आठ जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा १२ जनाको परीक्षण गर्दा कोहीलाई पनि कोरोना देखिएको छैन ।
बाँकेमा शुक्रबार तीन जना डिस्चार्ज भएका छन् ।