जब प्रमुख सेनानी मैदान छिरे…

नेपालगञ्ज – रोयल नेपालगञ्ज फुटबल क्लवले आयोजना गरेको प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगितामा नेपाली सेनाको भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझा विजयी भएको छ ।
भैरवप्रसाद गणले युनाइटेड क्लवलाई ३–० गोलले पराजित गरेको छ । भैरवप्रसाद गणलाई खेमराज शर्माले ५६ मिनेटमा अग्रता दिलाएका थिए । ६१ मिनेटमा संगम चौधरीले गोल गर्दै भैरवप्रसाद गणको अग्रता फराकिलो बनाए । ६८ मिनेटमा खेमराज शर्माले अर्को गोल गरेपछि भैरवप्रसाद गण सहजै विजयी भएको थियो ।


मध्यान्तरसम्ममा कडा चुनौती दिएको युनाइटेड क्लव पहिलो गोल खाएपछि खस्किएको थियो । एक गोलको अग्रतापछि भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की नै मैदानमा उत्रिएका थिए । गणपति नै मैदानमा उत्रिएपछि सेनाको खेलाडीको हौसला अझ बढेको थियो ।
यो खेलमा भैरवप्रसाद गणका युद्ध शाही म्यान अफ द म्याच भए । उनलाई ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डनले पुरस्कृत गरे ।


नेपालगञ्ज रंगशालामा चलिरहेको क्लवस्तरीय प्रतियोगितामा प्रथम हुनेलाई एक लाख एघार हजार एक सय एघार रुपैया र द्वितिय हुनेलाई ५१ हजार एक सय एघार रुपैया, मेडल, ट्रफी र प्रमाणपत्र दिइने छ ।
सोमबार (आज) २ बजे रेसिङ साहराविरुद्ध न्यू डाँफे र ४ बजे रोयल नेपालगञ्ज फुटबल क्लवविरुद्ध धम्बोझी क्लवले खेल्नेछन् ।


error: यो सुविधा उपलब्ध छैन !