शक्तिपुरमा मानव बेचबिखनविरुद्धको सञ्जाल गठन

बर्दिया – बर्दियाको मधुवन नगरपालिका वडा नं. ५, शक्तिपुर नाकामा मानव बेचबिखन रोकथामका लागि सुरक्षित सञ्जाल गठन गरिएको छ ।
माइती नेपाल, बर्दियाका संयोजक गायत्री रिमालका अनुसार, वडाध्यक्ष कर्णबहादुर खड्काको अध्यक्षतामा नेपाल प्रहरी, ससस्त्र प्रहरी, वडा समितिका सदस्य, स्थानीय आमा समूह, स्वास्थ प्रतिनिधि, स्थानीय शिक्षक विद्यार्थी, युवा समेतको सहभागीतामा सञ्जाल गठन गरिएको हो ।
उक्त सञ्जालले नयाँ एवं शंकास्पद ब्यक्ति आएको थाहा भएमा सोधपुछ एवं निगरानी गर्ने, जोखिमपूर्ण यात्रामा रहेका शंका लागेका ब्यक्तिलाई परामर्श दिने, बाटोमा देखेमा आबश्यकता परेमा नेपाल प्रहरी, माइती नेपाल समेतलाई सूचना एवं जानकारी दिनेछ ।
स्थानीय स्तरमा आ–आफ्नो कामको सिलसिलामा घर वरिपरि रहदा कामको सिलसिलामा कतै जादा समेत त्यस्ता शंकास्पद ब्यक्तिको बारेमा जानकारी लिने दिने, आबश्यकता अनुसार सिफारिस समेत गर्नु पर्दछ । सञ्जालले सक्रिय रुपमा काम गरी मानब बेचबिखन तथा ओसारपसार न्यूनीकरणका लागी रोकथाम, परामर्श लगायतका कार्य गर्ने प्रतिबद्धता सञ्जालका पदाधिकारी एवं सदस्यहरुले ब्यक्त गरेका थिए ।
उक्त सञ्जाल गठन कार्यक्रममा मानब बेचबिखनको अबस्था, स्थानीय समुदायको भूमिका समेतकाबारेमा माइती नेपाल, बर्दियाकी संयोजक रिमालले प्रकाश गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !