सरसफाई कर्मचारीलाई सहयोग

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत सरसफाई कर्मचारीलाई सहयोग प्रदान गरिएको छ ।
सुन्दर नेपाल सस्था र नेपाल बिकास समाजको सहयोगमा ६० जना सरसफाई कर्मचारीलाई प्रतिव्यक्ति २५ किलो चामल, ८ किलो दाल, टोपी, मास्क, ग्लोब्स, प्रिसेट, जुत्ता सहयोग गरिएको हो । कोभिड रोकथाम र नियन्त्रणमा अग्र भागमा खटिएका सरसफाईकर्मीलाई सहयोग गरिएको हो । दोश्रो चरणमा अन्य सरसफाईकर्मीलाई पनि सहयोग गरिने छ । नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाई इन्जिनियर प्रकाश डिसी, मेयर डा. धवलशमशेर राणाका स्वकीय सचीव बिरेन्द्र रावत लगायतले सहयोग हस्तान्तरण गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !