कोरोनाबाट भेरीमा दुई जनाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँके र बर्दियाका एक-एक जनाको मृत्यु भएको हो ।
बाँके खजुरा गाउँपालिका वडा नं. २ का ६० वर्षीया महिलाको राती मृत्यु भएको छ । भदौ २७ गते पीसीआर गरिएका उनलाई २८ गते भेरीमा भर्ना गरिएको थियो । उनको गएराती एघार बजे मृत्यु भएको छ ।
बर्दिया मधुवन नगरपालिका वडा नं. २ का ४२ वर्षीया महिलाको आज विहान एघार बजे मृत्यु भएको छ ।
भदौ ३१ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
योसँगै कोरोनाबाट बाँके जिल्ला निवासी ३ सय ३१ जना र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा चार सय १३ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !