११ जना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा आइतबार ११ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्लाका दुई वटा ल्याबमा ७२ जनाको परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो । ११ जनामध्ये बाँके जिल्ला निवासी ५ जना रहेका छन् ।
भेरी अस्पतालमा २५ जनाको परीक्षण गर्दा ६ जना र कोहलपुर मेडिकल कलेजमा ४७ जनाको परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो ।
बाँकेमा अहिले २१ जना सिकिस्त, २९ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आइतबार १४ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !