तुलसीपुर र सिमलघारी फाइनलमा
नेपालगञ्ज – बर्दियाको तुलसीपुर र बाँकेको सिमलघारी बर्दियाको दमौलीमा आयोजना गरिएको क्लव स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
बाँसगढी नगरपालिका वडा नं. ६, दमौलीमा भइरहेको खेलमा तुलसीपुरले सटरिया र सिमलघारीले जगतपुरलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
तुलसीपुरले विवेक दुलालको ह्याटिकको मद्दतले सटरियालाई ७–१ गोलले पराजित गरेको थियो । त्यस्तै, सिमलघारीले सटरियालाई ३–१ गोलले पराजित गरेको छ ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । आयोजक दमौली युवा क्लवका प्रतिनिधि गोपी भुजेलका अनुसार, प्रथम हुने टीमले दश हजार र द्वितिय हुनेले पाँच हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । एन्फा, बर्दियाका अध्यक्ष अजितराज भण्डारीले उद्घाटन गरेको प्रतियोगिता समापन पनि भण्डारीले नै गर्ने आयोजकले बताएका छन् ।