अक्रम अन्सरी एमालेमा प्रवेश

नेपालगञ्ज – माओवादीका पूर्व केन्द्रीय सदस्य अक्रम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका छन् । मुस्लिम संगठनका नेतासमेत रहेका अन्सारीलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं लुम्बिनी इन्चार्ज शंकर पोखरेलले एमालेमा प्रवेश गराउनुभयो ।
नेपालगञ्जको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अन्सारीसहित दुई सय बढी एमालेमा प्रवेश गरेको जिल्ला अध्यक्ष सूर्य ढकालले जानकारी दिनुभयो ।
सो अवसरमा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री पोखरेलले माओवादीका अध्यक्ष प्रचण्ड भाइकांग्रेस भएको टिप्पणी गर्नुभयो । ‘जनादेश एकातिरबाट लिनु भयो । सरकार बनाउदा प्रमुख प्रतिस्पर्धीलाई मत दिनु भयो, पोखरेलले भन्नुभयो, प्रचण्ड भाइकांग्रेस हुनु भएको छ ।’
राष्ट्रियताको सवालमा वर्तमान सरकार कमजोर रहेको पोखरेलको भनाई थियो । उहाँले भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपालीलाई बेपत्ता बनाउदा समेत सरकारले चुइक्क बोल्न नसकेको टिप्पणी गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !