राप्तीसोनारीका अध्यक्ष थारु र मन्त्री चौधरीबीच भेट

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले दाङ पुगेर लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई भेटेर पालिकाको विकास निर्माणमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।
वडाध्यक्ष र कांग्रेसका नेताहरुसहित मन्त्री चौधरीकहाँ पुगेका अध्यक्ष थारुले पालिकाको सडक कालोपत्रे, स्तरोन्नति, खानेपानी, पुलपुलेसा निर्माणमा मन्त्रीको ध्यानाकर्षण गराउनुभयो । बेसमा सँगै काम गर्नु भएका मन्त्री चौधरी र अध्यक्ष थारुका बीचमा सुमधुर सम्बन्ध रहेको छ ।


मन्त्री चौधरीले राप्तीसोनारी गाउँपालिकाको भौगोलिक अवस्था र विकासबारेमा आफू अवगत भएकाले हुने जति सहयोग गर्ने बताउनुभयो ।
अध्यक्ष थारुसँगै वडाध्यक्षहरु महावीर वली, गंगाराम थारु, कान्छा थारु, कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति माधवराम खत्री, सन्तोष थारुलगायतको टोली दाङ पुगेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !