अख्तियार नेपालगञ्जमा बाँकेका उजुरी धेरै

नेपालगञ्ज – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पर्क कार्यालय, नेपालगञ्जमा बाँके जिल्लाका धेरै उजुरी परेको छ ।
बाँके, बर्दिया र दाङ जिल्लालाई हेरिरहेको नेपालगञ्ज सम्पर्क कार्यालयले रोल्पा जिल्लालाई समेत हेर्न थालेको छ । सम्पर्क कार्यालय, नेपालगञ्जका प्रमुख कृष्णकुमार निरौलाका अनुसार, बाँकेमा ३ सय ४४ वटा उजुरी रहेका छन् । त्यसमा २ सय २४ वटाको छानबिन सम्पन्न भएको छ भने एक सय २० वटा छानबिन हुन बाँकी रहेको छ ।
दाङ जिल्लाको २ सय ४५ वटा उजुरी परेका छन् । त्यसमा एक सय ५१ वटा छानबिन भइसकेको छ । ९४ वटा छानबिन हुन बाँकी रहेको छ । बर्दिया जिल्लामा एक सय ८० वटा उजुरी परेकोमा एक सय २४ वटाको छानबिन सम्पन्न भएको छ । केही महिनादेखि नेपालगञ्ज सम्पर्क कार्यालयलाई हेर्ने जिम्मा दिइएको रोल्पामा सात वटा उजुरी रहेकोमा चार वटाको छानबिन सम्पन्न गरिएको छ ।
सम्पर्क कार्यालय, नेपालगञ्जले आर्थिक वर्ष २०७७-७८ मा तीट वटा स्टीङ अप्रेसन गरेको छ । जुन दुई वटा बाँके र एउटा दाङको रहेको छ । नेपालगञ्को भेरी अस्पताल र इलाका प्रहरी कार्यालय, खजुराखुर्दका प्रनानि र प्रहविरुद्ध रहेको छ । दाङको मालपोत कार्यालय, तुलसीपुरका नासु र कार्यालय सहायकविरुद्ध रहेको छ ।
नेपालगञ्ज सम्पर्क कार्यालयमा आर्थिक वर्ष २०७७-०७८ मा ७ सय ७६ वटा उजुरी रहेकोमा ५ सय ३ वटाको छानबिन सम्पन्न भएको कार्यालय प्रमुख निरौलाले बताउनुभयो ।
अख्तियारमा सबैभन्दा धेरै स्थानीय तहका उजुरी रहेका छन् । सम्पर्क कार्यालयमा २ सय ५२ वटा स्थानीय तहका उजुरी रहेकोमा एक सय ५४ वटा पछ्र्यौट भएको छ । स्थानीय तहमै शिक्षाको उजुरी पनि अधिक रहेको छ । यहाँ शिक्षाका एक सय २१ वटा उजुरी परेकोमा ८२ वटा पछ्र्यौट भएको छ । वन, भूमि व्यवस्था, सहकारी, गृहमन्त्रालय, भौतिक पूर्वाधा, स्वास्थ्य तथा जनसंख्या, प्रदेश सामाजिक विकास मन्त्रालय, खानेपानी, शहरी विकासका उजुरी अधिक रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !