बाँकेमा थप तीन जनाको मृत्यु
नेपालगञ्ज – बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँके, बर्दिया र प्यूठानका संक्रमितको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
बाँके कोहलपुर नगरपालिका वडा नं. ६ का ४० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ १३ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
प्यूठान जिल्ला प्यूठान नगरपालिका वडा नं. ६ का ७२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ ९ गते एन्टिजेन गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो । बर्दिया राजापुर नगरपालिका वडा नं. ७ का ८० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ १८ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट ३ सय ४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा ३ सय २४ जनाको मृत्यु भइसकेको छ ।