बाँके, बर्दिया र रुकुमपूर्वका १२ जनाको मृत्यु
नेपालगञ्ज – बाँकेमा दुई ठूला अस्पतालमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना बर्दिया, ५ जना बाँके र एकजना रुकुम पूर्वका रहेका छन् । सोमबार अपरान्हदेखि आज विहान ५.३० बजेसम्ममा १२ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो ।
बर्दिया बासगढी नगरपालिका वडा नं. ९ का ७३ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख २१ गते भर्ना गरेका उनको २२ गते पीसीआर गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का ६८ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
बर्दिया गुलरिया नगरपालिका वडा नं. ६ का २१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख १७ गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो । रुकुमपूर्व जिल्ला सिस्ने गाउँपालिका वडा नं. ३ का ५३ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २६ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।
बर्दिया बारबर्दियाका ६३ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख ८ गते पीसीआर गरिएका उनलाई २६ गते भर्ना गरिएको थियो । खजुरा गाउँपालिका वडा नं. ३ का ५२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख ११ गते पीसीआर गरिएका उनलाई १८ गते भर्ना गरिएको थियो । जानकी गाउँपालिका वडा नं. ४ का ४५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो ।
बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ का ७८ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । बैशाख २३ गते पीसीआर गरिएका उनलाई २४ गते भर्ना गरिएको थियो । खजुरा गाउँपालिका वडा नं. २ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । बैशाख २६ गते एन्टिजेन जाँच गरिएका उनी होम आइसोलेसनमा बसेका थिए । उनको राती ११.१० बजे मृत्यु भयो ।
बर्दिया बासगढी नगरपालिका वडा नं. ५ का ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २५ गते पीसीआर गरिएका जाँच गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । कोहलपुर नगरपालिका वडा नं. ८ का ६२ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । बैशाख २७ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । बर्दिया बढैयाताल गाउँपालिका वडा नं. १ का ८५ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । बैशाख २३ गते बर्दियामै एन्टिजेन जाँच गरिएका उनलाई २७ गते भेरीमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ९७ जना पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा मृत्यु हुने एक सय ४८ जना रहेका छन् ।