दुई जना संक्रमितको मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा गएराती दुई जना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले नेपालगञ्जका दुई जनाको भेरीमा मृत्यु भएको बताउनुभयो ।
बैशाख ८ गते पीसीआर गरेपछि ९ गते भेरीमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ का ३९ वर्षीया महिलाको राती १०.३० बजे मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का ६५ वर्षीय पुरुषको राती २.३० बजे मृत्यु भएको छ । चैत्र ३२ गते पीसीआर जाँच गरेका पुरुषलाई बैशाख ६ गते भेरीमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ जना पुगेको छ ।