१५ ग्राम ब्राउनसुगरसहित कवाडिया पक्राउ
नेपालगञ्ज – लागु औषध नियन्त्रण ब्यूरोको टोलीले नेपालगञ्जबाट १५ ग्राम ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ ।
ब्यूरोका प्रहरी नायव निरीक्षक प्रेमबहादुर अधिकारीको नेतृत्वमा रहेको टोलीले हासिम हुसैन कवाडियालाई नेपालगञ्जको चौलिक्काचोकबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
चौलिक्कामा ब्राउनसुगरको कारोबार भइरहेको विशेष सूचना पाएपछि ब्यूरोको टोली पुगेको थियो । टोलीले कवाडियाको शरीर खानतलासी गर्दा गोजीमा ब्राउनसुगर बरामद गरेको जनाएको छ ।
सीमावर्ती जिल्ला भएकाले भारतबाट लागु औषधी बोकेर नेपालगञ्ज ल्याएर कारोबार गरेको पाइन्छ ।