सुदूरपश्चिम शीर्षस्थानमा

नेपालगञ्ज – लगातार तेस्रो खेल जित्दै सुदूरपश्चिमको स्टार सिटी युथ क्लव नेपालगञ्जमा जारी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
लुम्बिनी प्रदेशको धम्बोझी क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम शीर्षस्थानमा पुगेको हो । यसअघि गोल अन्तरमा लुम्बिनी लिगको शीर्षस्थानमा थियो ।
दुई÷दुई खेल जितेको सुदूरपश्चिम र लुम्बिनी बीचको खेल प्रतिस्पर्धात्मक थियो । किपर विनय श्रेष्ठको गल्तीका कारण ८ मिनेटमै लुम्बिनीले गोल खाएको थियो । सुदूरपश्चिमका टोपबहादुर विष्टले गोल गरेका थिए । डिफेन्सले ब्याक पास दिएको बललाई किपर श्रेष्ठले फुस्काउँदा सुदूरपश्चिमका विष्टले सजिलै गोल गरेका थिए ।
किपरको गल्तीले गोल खाएपछि दबाबमा परेको लुम्बिनीलाई १७ मिनेट सुदूरपश्चिमका रुपबहादुर लामाले दोस्रो गोल थपे । डीएरिया बाहिर पाएको फ्रिकिकलाई लामाले गोलमा परिणत गरेका थिए । किपर श्रेष्ठले च्यापेर बसेको बारतिरबाटै लामाले गोल गरेका थिए ।
लुम्बिनीले खेल फर्किने प्रयास गर्दै ६१ मिनेटमा गोल ग¥यो । लुम्बिनीका विसन गुरुङले गोल गरेका थिए । लुम्बिनीका रक्षक आशिष गुरुङको गल्तीको फाइदा उठाउदै सुदूरपश्चिमका दीपकराज सिंह ठकुरीले ७४ मिनेटमा गोल गरेका थिए । आफ्नो पोजिटिसन छोडेर आफैले अगाडि बढाएको बल खोसिएर गोल भएपछि रक्षक गुरुङ धेरैबेरसम्म मैदानमा टाउकोमा हात समातेर बसेका थिए ।
खेलमा सुदूरपश्चिमका रुपबहादुर लामा म्याद अफ म्याच भए ।
अर्को खेलमा बागमतिको धादिङ समाजले २ नम्बर प्रदेशको मनकामना युवा क्लवलाई ३–० गोलले पराजित गरेको छ । तेस्रो खेल खेलेको बागमतिको यो दोस्रो जीत हो । बागमतिलाई जिताउन २५ मिनेटमा शिशिर लेखी, ६८ मिनेटमा विजय भुजेल र ८७ मिनेटमा रबी भण्डारीले गोल गरेका थिए ।
यो खेलमा बागमतिका शिशिर लेखी म्यान अफ म्याच भए ।
कार्डको वर्षा
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको खेलमा कार्डको वर्षा नै भएको छ ।
लिगको शीर्षस्थानको होडमा रहेका यी दुई टोलीको खेलमा रेफ्रीले ६ जनालाई पहेलो कार्ड देखाएका थिए ।
राम्रो खेल नखेलाएको आरोपमात्रै होइन, एन्फामै उजुरी परेका रेफ्री प्रकाशनाथ श्रेष्ठले शनिबार एउटै खेलमा ६ जनालाई कार्ड देखाए । सुदूरपश्चिमका ४ जनाले कार्ड पाउँदा लुम्बिनीका २ जनाले कार्ड खाएका थिए ।
सुदूरपश्चिमका कुलदीप कार्की, चेतमान कठायत, सन्दीप कुँवर र रोशन पहरी तथा लुम्बिनीका चेतन चौधरी र क्षितिजराज जीटीले पहेलो कार्ड खाएका थिए ।
अर्को बागमति र २ नम्बर प्रदेशको खेलमा रेफ्री श्याम दनुवारले एकजनालाई पहेलो कार्ड देखाएका थिए । २ नम्बर प्रदेशका बिपन श्रेष्ठले कार्ड पाएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !