माघ महोत्सवमा थारु नाच र परिकार
नेपालगञ्ज – नेपालगञ्जमा हुने माघ महोत्सवमा २० बढी कलाकारहरुको प्रस्तुती हुने भएको छ ।
भोली २७ गते हुने एकदिने माघ महोत्सवमा थारु कलाकारले प्रस्तुती देखाउने भएका हुन् । थारु समूदायको महान पर्व माघे सक्रान्ति (नयाँ बर्ष माघ) को अवसरमा नेपालगञ्जमा माघ महोत्सव कार्यक्रम गर्न थालिएको हो ।
थारु समूदायको हकहित र अधिकारका क्षेत्रमा काम एक दर्जन संस्था महोत्सवमा तयारी छन् । ‘माघ महोत्सव’ मा थारु समुदायको झुम्रा, लठ्ठहवा, हुरदुङग्वा, छोक्रा, मयुर, दफ नाच प्रस्तुत गरिने प्रचार प्रसार संयोजक भगतराम थारुले जानकारी दिनुभयो । महोत्ुवमा थारु परिकारहरु, ढिक्री, घोँघी, खुर्सानीको चटनी, बंगुरको मासु, जाँडको झोलको स्वादसमेत लिन सकिने थारुले बताउनुभयो ।
थारु कला संस्कृति र थारु समुदायको लागि योगदान पु¥याएका ५ जना व्यक्तिलाई सम्मान गरिदैछ ।
धम्बोझीदेखि निस्कने प्रभातफेरी, सेतुविक चोक, न्युरोड, त्रिवेणीमोड, त्रिभुवन चोक हुँदै भेरी प्राविधिक शिक्षालयमा पुगेर कार्यक्रममा परिणत हुनेछ ।