इशाका रनिङ शिल्ड, अरुणोदयको अग्रता

खजुरा – खजुरामा चौथो इशाका स्पोर्ट्स मिट – २०७६ शुरु भएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले डीगाउँको खेल मैदानमा इशाकाको उद्घाटन गर्नुभयो ।
गाउँपालिका अध्यक्ष कक्षपतिले सबै विद्यालयमा खेलकुद गतिविधिमा लाग्न इशाकाले प्रेरित गरेकोमा प्रसंसा गर्नुभयो । उपप्रमुख एकमाया बिक, वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनार, एन याब्सन केन्द्रिय सचिव कुशुम रानाभाट, प्याब्सन प्रदेश उपाध्यक्ष ऋषिकेस जिसी, प्याब्सन जिल्ला अध्यक्ष राजेन्द्रकुमार आचार्य, शिक्षा समिति सदस्य मित्रलाल शर्माले उद्घाटनमा शुभकामना दिनु भएको थियो ।
कार्यक्रम संयोजक डिबी तामाङका अनुसार, शनिबार प्राबितर्फ ४ गोल्ड सहित अरुणोदय बोर्डिङ स्कुल प्रथम भएको छ । चम्चा दौड छात्र र छात्रामा अरुणोदय, गणित दौडमा अरुणोदय प्रथम भएको छ भने १०० मिटर प्राबी छात्रा प्रथम स्थान प्राप्त गरेको छ ।
प्रावितर्फ सिटिजन नमूनाले कुर्सी दौड छात्र र छात्रा प्रथम स्थान हासिल गरेको छ । मावितर्फ छात्राको खेलमा गुँरास चाइल्डहुड प्रथम, मावि सटपट अरुणोदय प्रथम, सटपट मावि छात्रा दिपक बोर्डिङ प्रथम, मावि ज्याभलिङ्ग छात्र धुर्वतारा बिद्या मन्दिर प्रथम, ज्याभलिङ्ग मावि छात्रा गुँरास मावि प्रथम भएको छ । तीन हजार मिटर मावि छात्र दिपक बोर्डिङ प्रथम र पन्ध्र सय मिटर मावि छात्रा अरुणोदय प्रथम भएको छ । सय मिटर छात्र मावि अरुणोदय प्रथम र सय मिटर छात्रामा जेनिथ बोर्डिङ प्रथम भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !