बाल सुधार गृहमा कम्बल वितरण
नेपालगञ्ज – डुडुवा गाउँपालिका–६, आसमानपुरमा रहेको बाल सुधार गृहमा कम्बल वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्ला रेडक्रस सोसाइटीले उपलब्ध गराएको कम्बल वितरण गरिएको हो ।
सुधार गृहका प्रमुख बिमला काउचामगर र सुरक्षा इन्चार्ज सई सुरेन्द्र पन्तले कम्बल वितरण गर्नु भएको थियो । चिसो र शीतलहरमा बालक÷किशोरलाई न्यानो प्रदान गर्न कम्बल वितरण गरिएको थियो ।
बाल सुधार गृहमा एक सय ३२ जना बालक/किशोर रहेका छन् ।