यी पनि थपिए केन्द्रीय सदस्यमा

नेपालगञ्ज – नेकपाका अध्यक्ष केपी शर्मा ओलीले थप गरेको केन्द्रीय सदस्यमा बाँकेबाट कम्तीमा ६ जना परेका छन् । पार्टीले ५ सय ५६ केन्द्रीय सदस्य थप्दा बाँकेबाट ६ जना परेका हुन् ।
केन्द्रीय देवराज भारका अनुसार, विघटिन संसदका सदस्य नन्दलाल रोकाय, प्रदेश सांसद बाबुराम गौतम, शान्ति ढकाल, केशवराज गिरी, बलिभद्र पुन केन्द्रीय सदस्य भएका छन् । बाँकेमै राजनीति गर्ने दीपा शर्मा पनि केन्द्रीय सदस्य भएकी छन् । उनलाई काठमाडौंबाट राखिएको केन्द्रीय सदस्य भारले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य भनेर अरुको पनि प्रचार गरिएपनि भारले आज बुधबार हुने कार्यक्रमका लागि बोलाउन पठाएका यति नै मान्छे भएको बताए । भार प्रतिनिधि सभाका सांसद हुन् भने एमाले हुँदाका केन्द्रीय सदस्य पनि हुन् ।


error: यो सुविधा उपलब्ध छैन !