दोस्रो मेयर रनिङ शिल्डको तयारी पूरा

खजुरा – ‘शिक्षा, स्वास्थ्य र खेलकूद खजुराको शान, विविधतामा एकता हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ यही पुस २५ गतेदेखि हुने दोस्रो मेयर रनिङ शिल्डको तयारी पूरा भएको छ ।
खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा हुने अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताबारे बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले प्रतियोगिताबाट छनौट हुने खेलाडी जिल्ला स्तर र राष्ट्रपति रनिङ शिल्डमा भाग लिने बताउनुभयो ।
व्यवस्थापनको जिम्मेवारी पाएको अमर मावि, गौतमबस्ती व्यवस्थापन समितिका अध्यक्ष डम्बर विकले रनिङ शिल्ड प्रतियोगिताको सबै तयारी पूरा भएको बताउँदै प्रतियोगिताबाट उत्पादन हुने खेलाडी खजुरालाई आगामी खेल क्षेत्रमा अगाडि बढाउने र चिनाउने गहनाको रुपमा हुने उल्लेख गर्नुभयो ।
पुस २५ गतेदेखि २९ गतेसम्म ५ दिन सञ्चालन हुने प्रतियोगितामा खजुरा क्षेत्रका ६५ विद्यालयले सहभागिता जनाउने छन् । प्रतियोगितामा मा.वि.(कक्षा ९­१२), आधारभूत तह (कक्षा १­८) र आधारभूत तह (कक्षा १­५) मा अध्ययनरत क्रमशः १८ वर्ष, १४ वर्ष र १२ वर्ष मुनिका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ४ सय ६ विद्यार्थीको सहभागिता रहनेछ । आधारभूत तह (कक्षा १­५) का लागि बालमैत्री खेलहरु खेलाइने छ । मा.वि तर्फ एथलेटिक्स, भलिवल, कपड्डी, मार्शल आर्ट र चेस खेलका ३३ इभेन्ट्स, आधारभूत तह कक्षा (६­८) तर्फ एथलेटिक्स, कपड्डी, मार्शल आर्ट र चेस खेलका २५ इभेन्ट्स तथा आधारभूत तह कक्षा १­५ तर्पm लङजम्प, रिले सय मिटर दौड, चम्चा दौड ३० मिटर र कुर्सी दौड खेलका ७ इभेन्ट्स गरी जम्मा ६५ ओटा खेलहरु राखिएका छन् ।
प्रतियोगिताका प्रथम, द्वितिय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई मावितफ २० हजार, १० हजार र ७ हजार, आधारभूत तह १० हजार, ७ हजार ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । यसैगरी आधारभूतमा प्रथम, द्वितिय र तृतीयलाई ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने सचिवालय संयोजक यमनारायण महतोले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !