एक किलो चरेशसहित परियार पक्राउ
नेपालगञ्ज – ५ नम्बर प्रदेश प्रहरी ब्यूरोको टोलीले नेपालगञ्जमा एक युवकलाई एक किलो चरेशसहित पक्राउ गरेको छ ।
ब्यूरोका प्रमुख प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको टोलीले नेपालगञ्जको बागेश्वरी पार्कबाट राप्तीसोनारी गाउँपालिकाका बुद्धिराम परियारलाई एक किलो चरेशसहित पक्राउ गरेको हो । चरेशको कारोबार हुँदैछ भन्ने सुराक पाएपछि प्रहरी त्यहाँ पुगेको थियो ।
ब्यूरोले केही दिनअघि बुटवलबाट १४ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको थियो । कर्णाली प्रदेशको पहाडी जिल्लामा उत्पादन हुने चरेश बोकेर कारोबारीहरु नेपालगञ्ज आइपुगेको पाइन्छ । नेपालगञ्जबाट भारतीय शहरमा कारोबार हुने गर्दछ ।