४२ जना डिस्चार्ज

नेपालगञ्ज – शनिबार बाँकेमा ४२ जनाले कोरोना जितेका छन् ।
असोज २४ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसन, आर्मी अस्पताल, भेरी अस्पताल र मेडिकल कलेजको आइसोलेसनमा बसेका उनीहरु निको भएसँगै डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले २५ पुरुष र १७ महिला डिस्चार्ज भएको जानकारी दिए ।
जिल्लामा अहिलेसम्म दुई हजार तीन सय ५७ जना डिस्चार्ज भएका छन् । फोकलपर्सन श्रेष्ठका अनुसार, अब ५ सय ५८ जना आइसोलेसनमा उपचारमा छन् ।


error: यो सुविधा उपलब्ध छैन !