कोरोनाबाट धम्बोझीका ५० वर्षीय पुरुषको मृत्यु
नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट अर्का व्यक्तिको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीका ५० वर्षीय पुरुषको मृत्यु भएको हो । असोज २५ गते स्वाव परीक्षण गरिएका उनलाई २६ गते कोरोना पुष्टि भएको थियो । ५० वर्षीय पुरुषको गएराती १० बजे मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।