बाँकेमा ४४ जना थपिए
नेपालगञ्ज – बाँकेमा शुक्रबार ४४ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लाका तीन ठाउँमा गरिएको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, भेरी अस्पतालमा २४ जना, मेडिकल कलेज, कोहलपुरमा १९ र बागेश्वरी ल्याबमा एकजनामा कोरोना पुष्टि भएको छ । कोरोना हुनेमा २९ पुरुष र १५ महिला रहेका छन् ।
योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या दुई हजार नौ सय ४५ जना पुगेको छ । त्यसमा दुई हजार तीन सय १५ जना डिस्चार्ज भएका छन् । ६ सय एकजना उपचारमा रहेका छन् ।