विहानै थपिए १० जना

नेपालगञ्ज – बाँकेमा बिहीबार विहानै १० जना कोरोना संक्रमित थपिएका छन् ।
कोहलपुर मेडिकल कलेजले परीक्षणको अनुमति पाएसँगै नौ जनामा कोरोना पुष्टि गरेको छ । बागेश्वरी ल्याबबाट एकजना संक्रमित पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोहलपुर मेडिकल कलेजमा नौ र बागेश्वरी ल्याबमा एकजना गरी दश जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । भेरी अस्पतालको रिपोर्ट आइसकेको छैन ।
फोकलपर्सन श्रेष्ठका अनुसार, जिल्लामा संक्रमितको संख्या एक हजार ५ सय ४६ पुगेको छ । त्यसमा एक हजार एक सय ३२ जना निको भइसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !