हिउँ फुलेको बस्तीमा… (फोटो कथा)
सतिश निरौला
गुराँसे (दैलेख) – गत शुक्रबार गुराँसेको डाँडामा एक फिट जति हिमपात भयो, खबर हामीले नि पायौ अनि शनिबार बिहानै हुइकियो गुराँसेको डाँडा ।
रातानाग्लादेखि गुराँसेको डाँडासम्म साइकल गुडाइयो टिममा हामी ५ जना थियौ, गगन सिंह थापा, प्रदीप सापकोटा, लवराज श्रेष्ठ, पुष्कर हमाल अनि म ।
यात्रा साह्र्रै अबिस्मरणीय बन्यो, जिन्दगी भरिका लागी गुराँसेको हिउँ याद संगालेर आइयो । हामी पुग्दा गुराँसेको पुरै बस्ती डाँडापाखा र रुखमा सेताम्मे हिउँ फुलेका थिए, हजारौं आन्तरिक पर्यटकले भरिभराउ थियो गुराँसे ।
मानिसहरू हिउँसँगको बेजोड मस्ती लिइरहेका देखिन्थे, कोही चिच्याउदै थिए, कोही हिउँका गोला हान्दै थिए अनि कोही उफ्रिरहेका थिए । हामी चाहिँ हिउँमा नै केही फन्को मार्यो साइकलमा अनि त्यहाँ त्यो अबिस्मरणीय यादलाई मनस्तिस्कमा कैद गर्दै फर्कियौ, नेपालगञ्ज ।