कुन वडाले कति बाँडेछन् राहत ?

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ ले २८ लाख बढीको राहत बाँडेको पाइएको छ ।
लकडाउनमा नेपालगञ्जका वडाहरुले दुई करोड ५५ लाख ३४ हजार २ सय ५० रुपैया राहत बाँड्दा वडा नं. ४ ले सबैभन्दा धेरै २८ लाख ६८ हजार २ सय ५० रुपैया खर्च गरेको हो । उसले एक हजार ६ सय ३९ जनालाई राहत बाँडेको छ ।
वडा नं. ४ मा राहत बाँड्ने क्रममा पटक–पटक विवाद भएको थियो । वडा कार्यालयमा ताला लागेको थियो ।
वडा नं. २० एक हजार तीन सय १७ जनालाई २३ लाख ४ हजार ७ सय ५० रुपैयाको राहत बाँडेको छ । वडा नं. १६ ले ९ सय ९० जनालाई १७ लाख ३२ हजार पाँच सय, वडा नं. १९ ले ९ सय ७५ जनालाई १७ लाख ६ हजार २ सय ५० को राहत वितरण गरेका छन् । वडा नं. १४ ले नौ सय जनालाई १५ लाख ७५ हजार, वडा नं. २ ले ८ सय ७४ जनालाई १५ लाख २९ हजार पाँच सय, वडा नं. २२ ले सात सय जनालाई १२ लाख २५ हजारको राहत बाँडेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
वडा नं. १८ ले ६ सय ९२ जनालाई १२ लाख ११ हजार, वडा नं. १७ ले ६ सय ८५ जनालाई ११ लाख ९८ हजार ७ सय ५० रुपैया, वडा नं. २१ ले ६ सय ८५ जनालई ११ लाख ९८ हजार ७ सय ५०, वडा नं. १२ ले ६ सय ५५ जनालाई ११ लाख ४६ हजार, वडा नं. ११ ले ६ सय जनालाई १० लाख ५० हजार, वडा नं. १३ ले चार सय जनालाई सात लाख रुपैया वितरण गरेका छन् ।
वडा नं. २३ ले सबैभन्दा कम ६२ जनालाई एक लाख ८ हजार पाँच बराबरको राहत बाँडेको छ । वडा नं. १ ले २ सय ४८ जनालाई ४ लाख ३४ हजारको राहत बाँडेको छ । खर्च विवरणलाई हेर्दा केही वडाले मनोमानी तरिकाले राहत बाँडेको देखिन्छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले चार करोड बढीको राहत बाँडेको जनाएको छ । वडाको बजेटलाई छोडेर नेपालगञ्ज उपमहानगरपालिकालाई प्रदेश सरकार, नेपालगञ्ज उपमहानगरपालिकाले आफै र विभिन्न व्यक्ति, संघ संस्था, कार्यालयबाट एक करोड ७१ लाख ७८ हजार एक सय रुपैया सहयोग भएको उपमेयर उमा थापाले जानकारी दिनुभयो । त्यसमध्ये एक करोड ५२ लाख १३ हजार ५ सय २० रुपैया ५० पैसा खर्च भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !