बाँकेमा कोरोना लागेका हजार पुगे

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमितको संख्या हजार पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले आइतबार दश जना नयाँ संक्रमित थपिदा जिल्लामा संक्रमितको संख्या हजार पुगेको बताउनु भयो । आइतबार बैकर्सलगायत दश जना थपिएका छन् ।
संक्रमितको संख्या हजार पुग्दा ७ सय २७ जना निको भएर गएका छन् । दुई सय ६७ जना आइसोलेसन सेन्टरमा रहेका छन् । जिल्लामा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !