भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्न पत्राचार
नेपालगञ्ज – बाँकेमा केही स्थानीय तहले भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा नराखेर सिधैं घर पठाउने गरेको पाइएको छ ।
आफ्नो पालिकामा रहेका सबै क्वारेन्टाइन बन्द गरेका ती पालिकाहरुले भारतबाट आएका व्यक्तिलाई सिधैं घर पठाउने गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले सबै पालिकाहरुलाई भारतबाट आएका व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइन क्वारेन्टाइनमा राख्न पत्राचार गरेको छ । भारतबाट आएका व्यक्तिलाई सिधैं घरमा पठाउदा समुदायमा कोरोना फैलिन सक्ने तर्फ सचेत गराउदै जिल्ला स्वास्थ्य कार्यालयले त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने र एक पालिकामा कम्तीमा एक वटा आइसोलेसन सेन्टर राखि राख्न अनुरोध गरेको छ ।
पालिकाहरुले क्वारेन्टाइन र आइसोलेसन सेन्टर बन्द गरिरहदा भारतबाट फर्किने व्यक्ति भने रोकिएका छैनन् । पछिल्लो दिनमा बाँकेमा भारतबाट आएर घरमा बसेका व्यक्तिमा कोरोना देखा परिरहेको छ ।