स्वाव संकलन गर्नेलाई कोरोना
नेपालगञ्ज – बाँकेमा ल्याब टेक्निसियनलाई कोरोना लागेको छ ।
कोरोना जाँचका लागि पीसीआर स्याम्पल लिदै हिडेका कोहलपुर–२ का ३९ वर्षीय ल्याब टेक्निसियनलाई कोरोना लागेको हो ।
स्वाव संकलन गर्दै हिड्ने टोलीका सदस्यलाई समेत कोरोना लागेपछि स्वास्थ्यकर्मीहरु अझ सचेत हुनुपर्ने देखिएको छ । जिल्लामा यसअघि नै नर्सलाई कोरोना देखिसकेको छ ।