पिपल चौताराको हनुमानको मूर्ति चोरी

नेपालगञ्ज – नेपालगञ्जको नारायण स्कूल पछाडी रहेको पिपल चौतारामा राखिएको हनुमानको मूर्ति चोरी भएको छ ।
नेपालगञ्ज–११ मा पर्ने पिपल रुखमुनी राखिएको उक्त मूर्तिमा स्थानीयले पूजा गर्ने गर्दथे । स्थानीयले सहयोग उठाएर राखिएको मूर्ति गएराती चोरी भएको हो । मूर्ति चोरी भएपछि स्थानीय चिन्तित भएका छन् । अष्टधातुले बनेको मूर्ति कसले चो¥यो खुल्न सकेको छैन । लागु पदार्थ खानेले मूर्ति चोरेको आशंका गरिएको छ । नेपालगञ्जमा लागु औषध दुव्र्यसनीको संख्या बढिरहदा यस्ता चोरी बढेको छ ।
उक्त मूर्तिलाई पहेलो लेपन लगाइएको थियो । यस्ता मूर्ति नेपालगञ्जका धेरै ठाउँमा राखिएका छन् । स्थानीयवासी कुन्नु लखेरले मूर्ति चोरी भएपछि सधैं पूजा गर्नेहरु चिन्तित भएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !