कर्णालीमा जीप खस्यो
बाजुरा – बाजुरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
हिमाली गाउँपालिका वडा नम्बर ७ बाधु धुलाचौरबाट कोल्टितर्फ जाँदै गरेको से १ ज १०६४ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खसेको हो ।
दुर्घटनामा चार जना घाइते भएका छन् भने एक जना वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटका अनुसार जीपमा नौ जना यात्रु रहेका थिए ।
मृतक मध्ये बाजुराको जगन्नाथ गाउँपालिका ५ बस्ने सवारी धनी तथा चालक रमेश शाही र हिमाली गाउँपालिका ६ बस्ने पवन भण्डारीको पहिचान भएको र अन्यको नाम नखुलेको प्रहरीले जनाएको छ ।