पिच निर्माण सकियो, प्यारापिट बन्दै

सुनिल रेग्मी (नेपालगञ्ज) – पुष २५ गतेबाट नेपालगञ्जमा शुरु हुने अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
मंगल प्रसाद माविमा पिच निर्माण तथा खेल स्थल सरसफाइ कार्य सकिएको आयोजक द गु्रप अफ सिस्टिन युथ क्लवका अध्यक्ष बिष्णुु अर्यालले जानकारी दिनुभयो । प्रतियोगिताको लागि वडाको टिम दर्ता तयारी थालिएको छ ।


खेल मैदान व्यवस्थापन समिति संयोजक विकास श्रेष्ठका अनुसार पिच निर्माणको काम शतप्रतिशत सकिएको छ । ‘हामीले स्तरीय पिच निर्माण गरिराखेको छौ’, श्रेष्ठले भनुभयो – अब उद्घाटनको प्रतिक्षामा छौ ।’


क्युरेटर नासिर अन्सारीले पिच निर्माण गरेका हुन् । प्रतियोगिताको लागि अब पाँच सय दर्शक अट्ने प्यारापिट तयार गर्न लागिएको प्रतियोगिताको संयोजक तरुण बज्राचार्यले जानकारी दिनु भयो । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।


error: यो सुविधा उपलब्ध छैन !