कोहलपुरका चार जनामा कोरोना

नेपालगञ्ज – बाँकेमा चार जना कोरोना संक्रमित थपिएका छन् ।
कोहलपुरका चार जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । कोहलपुर नगरपालिकाको वडा नं. १ मा एकजना, वडा नं. ८ मा एकजना र वडा नं. ११ मा दुई जनामा कोरोना देखिएको हो । कोरोना देखिनेमा तीन महिला र एक पुरुष छन् ।
बाँकेमा कोरोना संक्रमितको संख्या तीन सय ५६ पुगेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा २९ जना बसिरहेका छन् । तीन सय २७ जना डिस्चार्ज भइसकेका छन् । दुई जनाको मृत्यु भएको छ ।
भारतबाट फर्किनेको संख्या घट्दै जादा यहाँका क्वारेन्टाइनहरु रित्तिदै गएका छन् । आइसोलेसन सेन्टरमा भएकाहरु पनि निको हुँदै घर गइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !