समावेशी प्यानलको उम्मेदवार सार्वजनिक
नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि समावेशी प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ ।
संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) लाई अध्यक्षमा अघि सारेको समावेशी प्यानलको दुई जना उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र आदेश अग्रवाल रहेका छन् । सदस्यहरुमा टंक धामी, मन्दिरा पाण्डे, भीम रानाभाट, श्यामसुन्दर अधिकारी, हरिलाल न्यौपाने, विजय भण्डारी, सुनिल बानिया, धर्म अर्याल, अब्दुल वाहिद अन्सारी, चिरञ्जीवी ओली, जागागिर मुसलमान र राजेश बैश्य रहेका छन् ।
प्रदेश सांसद याकुव अन्सारी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पूर्व सदस्य दामोदर आचार्य, कृष्णगोपाल बैश्य, संघका अध्यक्ष नन्दलाल बैश्य, भाष्कर काफ्ले अशोक कर्माचार्यलगायतले समावेशी प्यानललाई जिताउनु पर्नेमा जोड दिनुभयो ।
अध्यक्षका प्रत्यासी अब्दुल वाहिद मन्सुरीले संघको गरीमा बचाउन र अग्रजले बनाएको ओजलाई बचाइ राख्न हरहमेसा लाग्ने प्रतिबद्धता गर्नुभयो । उहाँले व्यवसायको हकहितका लागि चौविसै घण्टा खटिने बताउनुभयो । २०६३ सालमा सदस्यबाट संघमा प्रवेश गरेका मन्सुरीत्यसपछि लगातार कुनै न कुनै पदमा रहेका छन् ।
संघको निर्वाचन माघ ११ गते हुँदैछ ।