बागेश्वरी टेलिभिजनले दियो स्वास्थ्य सामाग्री
नेपालगञ्ज – बागेश्वरी टेलिभिजनले मंगलबार खजुरा गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
जिल्लाका अधिकांश क्वारेन्टाइनमा मास्क र स्यानटाइजर पु¥याउन सके मात्रै पनि कोभिड नियन्त्रणमा सहयोग हुन सक्ने देखेकाले यो प्रयास गरेको टेलिभिजनका अध्यक्ष लक्ष्मीनारायण शाहले बताउनुभयो । अध्यक्ष शाहले रहेका जिल्ला भरीका क्वारेन्टाइनमा स्वास्थ्य सामाग्री उपलब्ध गराउने समेत बताउनुभयो । उहाँले बागेश्वरी टेलिभिजनले सामाजिक उत्तरदायीत्व समेत बहन गर्न खोजेको बताउनुभयो । टेलिभजनका प्रबन्ध निर्देशक बसन्त शर्माले सकेजति हामी जिल्लाका सबै क्वनरेन्टाईमा स्वास्थ्य सामाग्री उपलब्ध गराउने प्रयासमा रहेको बताउनुभयो ।
बाँके जिल्ला भरी समाचार संकलनमा हिंडेपछि क्वारेन्टाइनहरुमा स्वास्थ्य सामाग्रीको अभाव देखेपछि हामीले स्वास्थ्य सामाग्री वितरण गर्ने सोंच बनाएको समाचार प्रमुख नरेन्द्र थापाले बताउनुभयो ।
बागेश्वरी टेलिभिजनका अध्यक्ष शाह, प्रबन्ध निर्देशक शर्मा, समाचार प्रमुख थापा, ब्यवस्थापक चेतकान्त भट्टराई, कार्यक्रम प्रस्तोता प्रियास्मृति ढकाल, विनोद गौतम सहितको टोली स्वास्थ्य सामाग्री वितरणमा रहेका छन् ।
नेपाली काँग्रेसका युवा नेता समेत रहेका शाहले प्रदेश सभा सदस्यका ३ खबाट निर्वाचन लडेको सम्झँदै यहाँका जनताको सुखदुखमा आँफु सधैं साथ रहने समेत बताउनुभयो ।