१६ जना नाकामा रातभरी पालमुनी सुते

नेपालगञ्ज – नेपालगञ्ज नाकामा १६ जनाले रात बिताएका छन् ।
भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरु ‘जनता कफ्र्यु’ कारण नाकामा फसेका हुन् । हिजो बेलुका नाकामा आइपुगेका उनीहरु नाकामा स्वास्थ्य जाँच गर्न बनाइएको पाल मुनी बसिरहेका छन् । उनीहरुले पालमुनी नै रात बिताएका हुन् ।
गुजरातलगायतका ठाउँबाट आएका १६ जनामा दुई बच्चा र दुई महिलासमेत छन् । प्रदेश सांसद कृष्णा केसी नमुनाले स्थापना गरेको कोभिड–१९ रिलिफ फन्डले विहान उनीहरुलाई खाना खुवाएको छ । नेपालगञ्जको एक होटलबाट भीम रानाभाटलगायतको टोली उनीहरुलाई खाना लिएर पुग्नु भएको थियो ।
रातभरी नै नाकामा बसेका उनीहरुका विषयमा के गर्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो । ‘साँझसम्ममा एउटा निष्कर्ष निस्किन्छ, प्रजिअ खड्काले भन्नुभयो, त्यसकै छलफलमा छौं ।’


error: यो सुविधा उपलब्ध छैन !