नाकामा देखियो पैदलमार्च

नेपालगञ्ज – नेपालगञ्ज नाकामा सवारी साधन निषेध गरिएको छ ।
ठूला गाडी, मोटरसाइकल, अटोरिक्सा, टाँगा, साइकलसमेत बन्द गरिदा नाकामा पैदलयात्रीको लस्कर देखिएको छ । स्थानीय प्रशासनले जमुनाहा नाकादेखि करिव तीन किलोमिटर यता चौलिक्कादेखि सवारी साधन निषेध गरेको छ । ठूलो संख्या खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले सवारी साधन लैजान रोक लगाएका छन् ।


अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने नीति अनुरुप नाकादेखि तीन किलोमिटर यता नै सवारी साधन निषेध गरिएको छ । जानै पर्ने मान्छेहरु पैदल गइरहेका छन् । बुधबार नाकामा पुग्दा सवारी साधनहरु चौलिक्कामा रोकिएका देखिन्थे भने भारततिर जाने र उताबाट आउनेहरु पैदल नै आइरहेका थिए । नेपालतिरबाट जाने अति नै कम देखिएको थियो । भारतको विभिन्न शहरबाट काम गरेर फर्किएका नेपालीको लस्कर नै देखिन्थ्यो ।


मोटरसाइकल र साइकलमा नेपालगञ्ज आउने तयारीमा रहेका ठूलो संख्याका भारतीयहरु दशगजामै रोकिएका थिए । भारतबाट आउनेहरुलाई नाकामा बुधबारदेखि व्यवस्थित तरिकाले स्वास्थ्य जाँचसमेत शुरु गरिएको छ । नेपालगञ्ज उमपहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द विहानै नाकामा खटिएका थिए । बुधबारदेखि सडकमै पाल टाँगेर स्वास्थ्य जाँच थालिएको छ ।
बाँके र बहराइचका प्रमुख जिल्ला अधिकारीहरुले नाकामा भीडभाड कम गर्ने निष्कर्ष निकालेसँगै सवारी साधन निषेधको रणनीति अपनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !