महंगी, भ्रष्टाचारबिरुद्ध प्रदर्शन

भीष्म लोध (नेपालगञ्ज) – नेपाल बिद्यार्थी संघ (नेविसंघ) बाँकेले आइतबार बिहान नेपालगञ्जमा सरकारबिरुद्ध बिरोध प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसको भातृ संगठन बिद्यार्थी संघले सरकारको बिभिन्न कार्यशैलीको बिरुद्धमा नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको गेट अगाडी बिरोध प्रदर्शन गरेको हो । सरकारले विद्यार्थीहरुको पुस्तकमा कर लगाउने निर्णय, पेट्रोलमा प्रति लिटर १० रुपैयाँ कर र महंगी, भ्रष्टाचार कालोबजारी र न्यायपालिकामाथिको हस्तक्षेपकाविरुद्ध प्रदर्शन गरिएको बिद्यार्थी संघ महेन्द्र क्याम्पस इकाई सभापति चन्द्र प्रकाश देवकोटाले जानकारी दिनुभयो ।
देवकोटाका अनुसार, संघको केन्द्रीय कार्यक्रम अन्तर्गत प्रदर्शन गरिएको छ । बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका बिद्यार्थीहरुले समेत बिरोध प्रदर्शन गरेको नेविसंघले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !