२८ जनाले गरे रक्तदान

नेपालगञ्ज – नेपालगञ्ज जेसीजले रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रम संयोजक कान्ति शर्माका अनुसार, २८ जनाले रक्तदान गरेका छन् । रगतको अभाव हुन नदिन बर्षमा एकपटक रक्तदान कार्यक्रम गर्दै आएको नेपालगञ्ज जेसिजले यो बर्षदेखि बर्षमा ४ पटक रक्तदान गर्ने कार्यक्रम बनाएको अध्यक्ष प्रज्वल श्रेष्ठले जानकारी दिनुभयो ।
‘मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो’ जेसीजको मूल मन्त्र रहेको छ । रक्तदानमा नेपालगञ्ज जेसीज, जुनियर जेसीज, पूर्वअध्यक्षलगायतको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !