नेपालगन्ज म्याराथन विजेतालाई दुई लाख

नेपालगन्ज – ११ अाै धारा नेपालगन्ज म्याराथन विजेताले दुई लाख रुपैयाँ पाउने भएका छन् । महिलातर्फकाे हाफ म्याराथन विजेतालाई ७५ हजार रुपैयाँ पुरस्कार राखिएकाे छ ।
धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीका अनुसार, म्याराथनमा दाेस्राेलाई एक लाख, तेस्राेलाई ५० हजार, चाैथाेलाई २५ हजार, पाँचाैलाई १५ हजार, छैठाैलाई १० हजार पुरस्कार राखिएकाे छ । शीर्ष दस स्थानसम्म र दाैड पूरा गर्ने सबैलाई ५ हजार नगद पुरस्कार दिइने छ । ४५ वर्षमाथिकाे भेट्रान दाैडकाे शीर्ष तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार राखिएकाे छ ।
महिला हाफ म्याराथानमा दाेस्राेलाई ५० हजार, तेस्राेलाई २५ हजार, चाैथाेलाई १५ हजार र पाँचाैलाई १० हजार पुरस्कार राखिएकाे छ ।
१० किलाेमिटर खुल्ला पुरुष तथा महिला तर्फका शीर्ष तीन जनालाई २५ हजार, २५ हजार र १० हजार पुरस्कार राखिएकाे छ । ५ किलाेमिटर स्कुलस्तरीय छात्र एवं छात्रा दाैडका शीर्ष तीन जनालाई ५ हजार, ३ हजार र २ हजार, ह्वीलचियरतर्फका तीन जनालाई ५ हजार, ३ हजार र २ हजार, किड्स रनका सम्पूर्णलाई नगद तथा कर्पाेरेट रन तर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्याकेज प्रदान गर्ने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
मंसीर ६ गते हुने म्याराथनमा यसपालीदेखि एक स्कुललाई नेपालगन्ज ट्रफी प्रदान गरिने, म्याराथनलाई राेमान्चकता अनुभूति गराउन फाेटाे सम्बन्धी फिपिक्स कार्यक्रम कार्यान्वयनकाे तयारी गरिएकाे छ ।
यसैबीच, म्याराथन अघि नेपालगन्ज कनक्लेव हुने भएकाे छ ।
कनक्लेवका निर्देशक जनक नेपालका अनुसार, कनक्लेवमा महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा. नवराज केसीलगायत वक्ता रहेका छन् ।











