जेनजीकाे आन्दाेलनका दिन उच्च अदालतमा लुटपाट गर्ने ६ जना पक्राउ

नेपालगन्ज – बाँके प्रहरीले भदाै २४ गते जेनजीकाे आन्दाेलनका क्रममा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा ताेडफाेड, आगजनी र लुटपाट गर्ने ६ जनालाई पक्राउ गरेकाे छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीका अनुसार, उच्च अदालतमा ताेडफाेड, आगजनी र लुटपाट कार्यमा संलग्न नेपालगन्ज-४ का रविकुमार वैश्य र एसनराज सिद्विकी, नेपालगन्ज- ९ का गंगासागर बर्मा र अाेमराज साेनी, नेपालगन्ज-५ का माे. ताहिर हल्वाई र नेपालगन्ज- १० का बब्लु गाेडियालाई पक्राउ गरिएकाे छ । उनीहरुविरुद्व अपराधिक उपद्रव सम्बन्धी कसुरमा जाहेरी परेकाे थियाे ।
बाँके प्रहरीले उनीहरुलाई अदालतबाट ५ दिन म्याद थपेर अनुसन्धान गरिरहेकाे छ ।
भदाै २३ गते सुरु भएकाे जेनजी आन्दोलनकाे भाेलीपल्ट सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पतिमा ताेडफाेड, अागजनी र लुटपाट गरिएकाे थियाे । बाँके एमालेले अाज नै जेनजी आन्दाेलनकाे नाममा ताेडफाेड, आगजनी र लुटपाट गर्नेलाई कारबाहीका लागि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएकाे थियाे ।











