जेनजीकाे नाममा ताेडफाेड, आगजनी र लुटपाट गर्नेलाई कारबाहीकाे माग


नेपालगन्ज – नेकपा एमाले, बाँकेले भदाै २३ र २४ गते जेनजीकाे नाममा सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पति ताेडफाेड, आगजनी र लुटपाट गर्नेलाई कारबाहीकाे माग गरेकाे छ ।
एमालेले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेका एमालेका केन्द्रीय तथा जिल्ला नेता-कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएकाे छ । ज्ञापन पत्रमा जेनजीकाे नाममा सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पति ताेडफाेड, आगजनी र लुटपाट गर्नेलाई कारबाहीकाे माग गरिएकाे छ ।
भदाै २४ गते बाँकेमा जिल्ला प्रशासन, मालपाेत, राजश्व, अदालत, भन्सार, नेपालगन्ज उपमहानगरपालिका, काेहलपुर नगरपालिका, एमाले र काँग्रेस पार्टी कार्यालय ताेडफाेड, आगजनी र लुटपाट गरिएकाे थियाे ।
एमालेका जिल्ला अध्यक्ष निरक गुरुङकाे नेतृत्वमा केन्द्रीय सदस्यद्वय सूर्य ढकाल र माे. हारुनलगायत जिल्लाका नेता तथा कार्यकर्ताकाे उपस्थिति थियाे ।
एमालेले जिल्लाका सरकारी, सार्वजनिक र व्यक्तिगत सम्पति ताेडफाेड, अागजनी र लुटपाट गर्ने काेहीकाेविरुद्वमा पनि किटानी जाहेरी दिएकाे छैन । यसअघि युवा संघ, बाँकेले काठमाडाैका मेयर बालेन्द्र साह र सुदन गुरुङविरुद्व प्रहरीमा जाहेरी दिएकाे थियाे ।


error: यो सुविधा उपलब्ध छैन !