खाद्यले किन्छ माेटा र मध्यम धान, पहाडमा बिक्न छाड्याे माेटा र मध्यम चामल

नेपालगन्ज – पहाडी जिल्लामा माेटा र मध्यम धानकाे चामलकाे माग कम हुँदै गएकाे छ ।
अाफ्नै उत्पादनले खान नपुग्ने पहाडी जिल्लाका बासिन्दालाई लक्षित गरेर बर्षेनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गरेर चामल बनाइ पठाउने गर्दछ । खाद्यले माेटा र मध्यम धान खरिद गरेर चामल बनाइ पठाइरहेकाे छ । तर, गतवर्षदेखि खाद्यले पठाएकाे माेटा र मध्यम धानकाे चामल बिक्न कम भएकाे छ ।
खाद्यकाे नेपालगन्जमा रहेकाे गाेदाममा अहिले पनि २२ हजार क्वीन्टल चामल स्टक रहेकाे छ । गतवर्ष खरिद गरेकाे धानकाे चामल अहिलेसम्म बिकेकाे छैन ।
खाद्यका नेपालगन्ज प्रमुख रामशरण लामिछानेले पहाडमा पनि स्टीम जिरा र बासमति चामलकाे माग बढेकाले माेटा र मध्यम चामकाे माग कम भएकाे बताए ।
´हाम्राे गाेदाममा गतवर्ष किनेकाे धानकाे २२ हजार क्वीन्टल चामल स्टक छ, खाद्यका प्रमुख लामिछानेले भने, पहाडमा पनि स्टीम जिरा र बासमति धानकाे चामलकाे माग बढेकाे छ । हामीले त्याे पठाउन सक्दैनाै । हाम्राे चामल बिकेकाे छैन ।`
उनले खाद्यकाे चामल नबिक्नुकाे कारणमा मसिनाे चामलकाे माग हुनु, खाद्यकाे चामल व्यापारीकाे भन्दा महंगाे हुनु, पहाडी जिल्लाका मानिस काम गर्न भारत जाने र उसले अाफू नअाउने बेलासम्म व्यापारीसँग उधाराे चामल दिन लगाउनुलगायत रहेका छन् ।
खाद्यका प्रमुख लामिछानेले अब जिल्लामात्रै नभएर स्थानीय तहसम्म डिपाे राखेर अगाडि बढ्ने याेजना बनिरहेकाे जानकारी दिए ।
खाद्य नेपालगन्जले गतवर्ष ६१ हजार ३१ क्वीन्टल चामलकाे काराेबार गरेकाे थियाे । त्यसमध्येमा कर्णाली प्रदेशका जिल्लाहरुमा २४ हजार ८ सय ९ क्वीन्टल पठाइएकाे थियाे ।
बाँके र बर्दियाका कारागारमा ३४ हजार ५ सय ५२ क्वीन्टल र कार्यालयमै अाएर २/४ बाेरा गरेर २ सय ४० क्वीन्टल चामल बिक्री गरिएकाे थियाे ।

२० हजार क्वीन्टल धान खरिद गरिदै
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, नेपालगन्जले याे वर्ष २० हजार क्वीन्टल धान खरिद गर्ने भएकाे छ ।
खाद्यले १५ हजार क्वीन्टल माेटा र ५ हजार क्वीन्टल मध्यम धान खरिद गर्दैछ । माेटा धान प्रतिक्वीन्टल तीन हजार चार सय ६३ रुपैयाँ ८१ पैसा र मध्यम धान तीन हजार ६ सय २८ रुपैयाँ ३३ पैसामा खरिद गरिरहेकाे छ ।
गतवर्ष शुरुमा ३० हजार क्वीन्टल माेटा र १० हजार क्वीन्टल मध्यम धान खरिद गर्ने काेटा निर्धारण गरेकाे थियाे । पछि मध्यम धानकाे १५ हजार क्वीन्टल काेटा बढाइएकाे थियाे । खाद्यले २५ हजार मध्यम र ७ हजार माेटा धान खरिद गरेकाे थियाे । यही बेला धान किनेर बनाएकाे २२ हजार क्वीन्टल चामल स्टक रहेकाे छ ।
गतवर्षकै चामल नबिकेपछि खाद्यले याे वर्ष धान खरिदकाे काेटा घटाएकाे छ । याे वर्ष प्रतिकिसान ४० क्वीन्टल धान खरिद गर्ने निर्णय गरिएकाे छ ।
बाँकेमा याे वर्ष १४ लाख ६० हजार क्वीन्टल धान फलेकाे छ । खाद्यले २० हजार क्वीन्टल मात्रै धान खरिद गर्दैछ । याे हेर्दा किसानले व्यापारी धान बेच्न बाध्य हुनुपर्छ ।











