याे सरकारले निष्पक्ष चुनाव गर्न सक्दैन – अधिकारी

नेपालगन्ज – नेकपा एमालेका स्थायी कमिटीका सदस्य खगराज अधिकारीले अहिलेकाे सरकारले निष्पक्ष चुनाव गराउन नसक्ने बताएका छन् ।
प्रेस चाैतारी, बाँकेले आज नेपालगन्जमा आयाेजना गरेकाे पत्रकार भेटघाटमा बाेल्दै अधिकारीले अहिलेकाे सुशीला कार्की नेतृत्वकाे सरकार असंवैधानिक रहेकाे बताउदै यसले निष्पक्ष चुनाव गराउन नसक्ने बताए ।
नेता अधिकारीले गैरसांसदलाई प्रधानमन्त्री बनाएर जाने भएपनि संसद पुनर्स्थापना गरेर बैधानिक बाटाे अंगाल्नु पर्नेमा जाेड दिए । ´संसद पुनर्स्थापना गराै । सर्वपक्षीय सहमतिका साथ संविधानमा व्यवस्था गरेर गैरसांसदलाई केही अवधिका लागि प्रधानमन्त्री बनाअाै, अधिकारीले भने, त्यसमा नवयुवालाई पनि समेटाै । त्याे सरकारले चुनाव गराउछ ।`
उनले भ्रष्टाचार र जेनजी अान्दाेलनकाे निष्पक्ष छानबिन गर्न अर्काे उच्चस्तरीय अायाेग बनाउनु पर्ने बताए । ´घटना अघि नै केपी अाेलीविरुद्व बाेल्ने व्यक्तिले निष्पक्ष छानबिन गर्न सक्दैन, अधिकारीले भने ।
चाैतारी बाँकेका अध्यक्ष कमल डाँगीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एमालेका केन्द्रीय सदस्यद्वय सूर्य ढकाल र माेहम्मद हारुन अन्सारीलगायतकाे उपस्थिति थियाे । कार्यक्रम सञ्चालन सचिव देवेन्द्रराज पाैडेलले गरेका थिए ।











