मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरीमा चाप


नेपालगन्ज – मेडिकल कलेज नेपालगन्ज र काेहलपुरमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा चाप बढेकाे छ ।
भेरीले प्रसुति सेवामा बेड संख्या बढाइरहेपनि अपुग भइरहेकाे छ । भेरीमा अहिले दिनमा १२ देखि १५ जनाकाे अप्रेशन र २० देखि ३० जना नर्मल डेलिभरी भइरहेका छन् । अप्रेसन गरेकालाई २४ घण्टा राख्ने पाेष्ट अफ बेड कम भइरहेकाे छ । पाेष्ट अफ बेड १२ वटा छन् । कुनै दिन त्याे दिउँसै भरिन्छ । याे दिउँसै भरियाे भने नर्मल डेलिभरी हुनेकाे संख्यामा समेत प्रभाव पार्ने गर्दछ ।
भेरीमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा रहेकाे छ । याे कार्यक्रम भएका अस्पतालले एक जनाकाे अप्रेशन गर्दा दस हजार र नर्मल डेलिभरी गर्दा दुई हजार पाँच सय पाउँछन् । अस्पतालले एक जनाकाे अप्रेशन गरेवापत डाक्टरलाई दुई हजारदेखि तीन हजार पाँच सय भत्ता दिने गर्दछ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले तीन सय बेड सञ्चालनमा रहेकाे भेरीमा प्रसुतिका लागि ७५ बेड छुट्याएकाे र त्याे पनि कमी भएकाे बताए । उनले साउनउता १८ बेड थपेकाे जानकारी दिंदै अझै १५ बेड थप्ने तयारी गरेकाे बताए ।
मेडिकल कलेजमा अामा सुरक्षा कार्यक्रम बन्द भएपछि भेरीमा चाप बढेकाे मात्रै हाेइन, भुईमान्छे (अति गरीव) काे सास्तीसँगै अार्थिक भार थपिएकाे छ । घर अाँगनमै निशुल्क पाउने कि टाढा अाउनु परेकाे छ, हाेइन भने पैसा तिर्नु परेकाे छ ।
मेसु डा. सुवेदीले मेडिकल कलेजमा अामा सुरक्षा कार्यक्रम सञ्चालनमा हुँदा भेरीमा मासिक एक सय ५० जनाकाे अप्रेशन हुन्थ्याे भने अहिले दुई सय ५० हाराहारीमा अप्रेशन भइरहेकाे छ ।
गाइने सेवाका लागि भेरीमा डाक्टर, नर्सकाे कमी छ भने पुरानाे भवनबाट सेवा दिइरहदा भत्किने जाेखिम रहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !